नाँगै तस्वीर खिचाएको विवाद

0
Shares

जेरुसेलम,
यहुदीहरुको अत्यन्तै पवित्र स्थानहरु मध्ये एकमा नांगै तस्वीर खिचाएकेमा इजरायलमा एकजना बेल्जिमयकी महिला मोडलको कडा आलेचना हुन थालेको छ ।

मारिसा पापेन नामक ति मोडलले जेरुसेलमको वेस्टर्न वाल तर्फ फर्किने एउटा घरको छतमा खिचाइएका नाँगा तस्वीरहरु आफ्नै निजी वेवसाइट मार्फतसार्वजनिक गरेका थिए ।

सो पवित्र स्थलका राब्बीले यो निकै गम्भीर र दुखलाग्दा ेघटना भएके जनाएका छन् । गत वर्ष पनि लुक्जोर स्थित एउटा प्राचिन इजिप्सियन मन्दिरमा नाँगा तस्वीरहरु खिचाएकाे आरोपमा पापेनलाई केहिवेर हिरासतमा लिइएको थियो ।

उनले शनिवार ‘ दि वाल अफ सेम ’ शिर्षकमा ति तस्वीरहरु सार्वजनिक गरेका थिए । उनले गत मे महिनामा भएको आफ्नो तीन दिने इजरायल भ्रमण संयोगवश जेरुसेलममा अमेरिकी दुतावास खोल्ने विावद चलिरहेको बताएकी छिन् ।