नाइजेरियालाई २–१ ले पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह डी तर्फको खेलमा अर्जेन्टिना नाइजेरियालाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा प्रबेश गरेको छ । अर्जेन्टिनाका लागि खेलको १४ औँ मिनेटमा मेसीले र ७८ औँ मिनेटमा मार्काेसले गोल गरेपछि नाईजेरिया विरुद्ध विजेता बन्दै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो ।

अन्तिम १६ मा पुग्न अंक बटुल्दैै जित्नै पर्ने दबाब रहेको अर्जेन्टिनाले सुरुवातीदेखि नै राम्रो प्रदर्शनबाट जित हात पारेको छ । यस सँगै समूह डी बाट क्रोएशिया ७ अंक जोड्दै समूह विजेता बन्दै ४ अंक जोडेको अर्जेन्टिना समूह उपविजेता बनेको छ ।

प्रतिक्रिया दिनुहोस्