क्रोएशिया समूह विजेता बन्न सफल



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह डी तर्फको समूह विजेताका लागि भएको आइसल्याण्ड र क्रोएशिया बीचको खेलमा क्रोएशिया २–१ ले जित हासिल गर्दै समूह विजेता बनेको छ । खेलको ५३ औँ र ९० औँ मिनेटमा आइसल्याण्ड विरुद्ध गोल गर्दै क्रोएशिया समूह विजेता बनेको छ । क्रोएशियाको तर्फबाट मिलन र पेरिसिकले गोल गर्दै समूह विजेता बनाएका हुन् । आइसल्याण्डले भने खेलको ७६ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गोल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्