आईसल्याण्डले क्रोएशियालाई गोल फर्काउँदै १–१ को बराबरीमा



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह डी तर्फको समूह विजेताका लागि भैरहेको खेलमा आईसल्याण्डले क्रोएशियालाई गोल फर्काउँदै १–१ को बराबरीमा ल्याएको छ । खेलको ७६ औँ मिनेटमा पेनाल्टी मार्फत गोल फर्काउँदै आइसल्याण्डले खेल बराबरीमा ल्याएको हो । खेलको ५३ औँ मिनेटमा क्रोएशियाका खेलाडी मिलान बडेल्जले पहिलो गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्