नाइजेरियाविरुद्ध जित्नै पर्ने दबाबमा अर्जेन्टिना



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘डि’ को खेलमा अर्जेन्टिना र नाइजेरियाबीचको खेल सुरु भएको छ । विश्वकपको नकआउट चरणमा पुग्नको लागि अर्जेन्टिनालाई यो खेल जित्नै पर्ने दबाब छ ।

अर्जेन्टिना र नाइजेरियाबीचको खेल रसियाको सेन्ट पिट्र्सवर्ग रंगशलामा सुरु भएको हो । एक खेलमा बराबरी खेलेको र एक खेलमा पराजित भएको अर्जेन्टिनाको १ अंक रहेको छ । यता, नाइजेरियाले भने एक खेलमा विजयी र एक खेलमा पराजित हुदै ३ अंक बटुलेको छ ।

अर्जेन्टिनाले नाइजेरियालाई पराजित गरेमा विश्वकपको नकआउट चरणमा प्रवेश गर्नेछ । तर अर्जेन्टिनाले क्रोएसिया र आइसल्यान्डसँगको नतिजामा पनि भरपर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्