अष्ट्रेलिया विरुद्ध पेरुको २ गोल



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह सीको खेलमा अष्ट्रेलिया विरुद्ध २–० को जीत हासिल गर्दै पेरुले पहिलो तीन अंक जोडेको छ ।
तर उक्त जीतले भने पेरुलाई नकआउट चरणमा पुर्याउन पर्याप्त भएन ।

फ्रान्स र डेनमार्कले अन्तिम १६ को यात्रा गरेपछि पेरुको जीत सान्त्वनामा मात्रै सिमित बन्यो । उक्त नतिजापछि पेरु र अष्ट्रेलिया समूह चरणबाटै बाहिरिएको छ ।

खेलको १८ औँ मिनेटमा पेरुका खेलाडी कारिल्लोले पहिलो गोल गर्दैै पेरुलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै खेलको ५० औँ मिनेटमा गुरेरोले गोल गर्दै पेरुको २–० को जीत सुनिश्चित गर्याे ।

प्रतिक्रिया दिनुहोस्