फ्रान्स विजेता बन्दै नकआउट चरणमा



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह सी तर्फको फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रबेश गरेको छ । सोमबार भएको खेलमा डेनमार्क र फ्रान्सले गोलरहित बराबरीमा खेल्दै समान १/१ अंक जोडेपछि दुबैको अन्तिम १६ को यात्रा सम्भब भएको हो ।

उक्त बराबरी पछि फ्रान्स तीन खेलबाट सात अंक जोड्दै समूह विजेता बन्दा समान खेलबाट पाँच अंक जोडेको डेनमार्क समूह उपविजेता बन्दै नकआउट चरणमा प्रबेश गरेको छ । जारी विश्वकपमा यो नै पहिलो गोल बिहिन बराबरी समेत हो ।

प्रतिक्रिया दिनुहोस्