एभरेस्टकी कृतिका नेपाल प्रथम भएको दाबी



विराटनगर, (नेस)
२०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा बिराटनगरको एभरेष्ट स्कूलकी छात्रा कृतिका थापा नेपाल टप भएको स्कुलले दाबी गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार साँझ सार्वजनिक गरेको नतिजामा एभरेष्टबाट एसइई परीक्षा दिएकी कृतिकाले जिपिए ४ ल्याएर नेपाल टप भएको विद्यालयका प्रधानाध्यापक टीकाराम पुरीले जानकारी दिनुभयो । जिपिए ४ ल्याउने थापा नेपालकै टप एसइई परीक्षार्थी भएको स्कूलको दावी छ ।

यद्यपी परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभर २४ जना विद्यार्थीले ४ जीपीए अंक प्राप्त गरेका छन् । यसैबीच एभरेष्ट स्कूलले आइतबार एसइइ परीक्षामा सर्वउत्कृष्ट जीपीए ल्याउने छात्रा थापालाई सम्मान गरेको छ । देशैभरबाट सर्वात्कृष्ट ४ जीपीए ल्याउने थापालाई विद्यालयमा भब्य समारोहबीच सम्मान गरेको स्कूलले जनाएको छ ।

विद्यालयका प्राचार्य टिकाराम पुरीले विद्यालयका सबै विद्यार्थीले उत्कृष्ट जीपीएसहित उत्तीर्ण भएकोमा खुसी व्यक्त गर्दै एभरेष्टले आफ्नो उत्कृष्ट विगतलाई अझै उचाईमा पु¥याएको बताउनुभयो । केन्द्रीय तथा क्षेत्रीय उत्कृष्ट विद्यालय पुरस्कारबाट पुरस्कृत भइसकेको एभरेष्टले उच्चमावि हुँदै यसै वर्षदेखि करिब ५० करोड रुपैयाँ लगानीमा उच्च शिक्षाको परियोजना सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्