मासु अड्किँदा एकको मृत्यु


नुवाकोट (नेस)
मासु खाँदा अड्किएर विदुर नगरपालिका– १३ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षिय होमबहादुर कोइराला रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

आफन्तको बिहेको भोजमा मासु चाख्ने क्रममा मासु अड्किएर उनको ज्यान गएको बताइएको छ । घाँटीमा हाड अड्किएपछि कोइरालालाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याउने क्रममा बाटामा नै उनको मृत्यु भएको जिल्ला प्रहरी नुवाकोटका प्रहरी नायब उपरिक्षक नरहरि रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।