भ्रष्टाचार मुद्दामा फरार अनुसन्धान अधिकृत पक्राउ



नेपाल समाचारपत्र, काठमाडौं ।
भ्रष्टाचार भएको फैसलापछि फरार रहेका सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृत शम्भूप्रसाद चालिसे पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले बिहिबार कलंकीबाट पक्राउ गरेको हो ।

भ्रष्टाचार मुद्दामा एक वर्ष ६ महिना कैद र १० लाख जरिवानाको फैसलापछि उनी फरार भएका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान अधिकृतको रुपमा कार्यरत चालिसेले २०७१ साउनमा सम्पत्ती शुद्धीकरणको मुद्दा मिलाईदिन्छु भन्दै १० लाख रुपैयाँ मागिरहेको सूचनाका आधारमाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरबाट रंगेहात पक्राउ गरी मुद्दा चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्