अस्थायी शिक्षकको परीक्षा मिति तोकियो


काठमाडौं, (नेस) । पटक पटक स्थगित हुँदै आएको अस्थायी शिक्षकको परीक्षा मिति तोकिएको छ । यही असार २९ गते निम्न माध्यमिक र माध्यमिक तहको तथा ३० गते प्राथमिक तहको परीक्षा तोकेको हो । शिक्षक सेवा आयोगको हिजो बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

विगतको आवेदनलाई आधार मानेर परीक्षा गर्ने निर्णय गरेको हो । परीक्षाका लागि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी २२ हजार ७६ पदका लागि २३ हजार २ सय ८६ अस्थायी शिक्षकको आवेदन परेको थियो । परीक्षाको केन्द्र पहिलाकैअनुसार कायम गरिएको छ । लगातार चारपटकसम्म स्थगित भएको परीक्षा मन्त्रालयको निर्णयअनुसार गर्न लागिएको हो ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।