भरुवा बन्दुकसहित एक पक्राउ


म्याग्दी, (नेस)  । म्याग्दीको मंगला गाउँपालिका–२, हिदीमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । प्रहरीचौकी बाबियाचौरबाट गएको प्रहरी टोलीले शङ्कास्पद व्यक्तिहरुको घरमा चेकजाँच गर्ने क्रममा हिदीका दलबहादुर पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

पुनको घरको कुनामा लुकाइछिपाई राखेको अवस्थामा विना लाइसेन्स रहेको अवैध एकनाले भरुवा बन्दुक एक थान र दुर्लभ जनावरको जस्तो देखिने सुकाइएको ८ ओटा लहराको मासुसहित उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक दिपक महत क्षत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेका पुनलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।