महायज्ञमा रु दुई करोड ६१ लाखबराबरको आम्दानी


रामपुर, पाल्पा, पाल्पाको पूर्वखोला गाउँपालिकाको रिङ्नेरहमा रहेको पूर्वखोला उद्धबुद्ध माध्यमिक विद्यालय तथा कलेजको शैक्षिक गुणस्तर वृद्धिका निम्ति सञ्चालित महायज्ञमा रु दुई करोड ६१ लाखबराबरको आम्दानी भएको छ ।

गत वैशाख ९ देखि १५ गतेसम्म आयोजना भएको महायज्ञमा उठेको जिन्सी तथा नगद गरी रु दुई करोड ६१ लाख ८९ हजार २८४ बराबरको आम्दानी र रु २२ लाख ९७ हजार ७८० खर्च भएको महायज्ञ आर्थिक समिति सदस्य शिवलाल अधिकारीले जानकारी दिनुभयो ।

पूर्वखोला गाउँपालिका वडा नं ३ का अध्यक्ष नीलकण्ठ भट्टराईले महायज्ञबाट उठेको रकम विद्यालयको शैक्षिक तथा भौतिक विकासमा खर्च गर्न सुझाब दिनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।