काग्रेस संगठनलाई थप सुदृढ र गतिशिल बनाउने कसरत

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाली काग्रेसले विधान संशोधन र परिमार्जन तथा पार्टीको संगठनलाई थप सुदृढ र गतिशिल बनाउनका लागि गनुृपर्ने तत्कालिन, अल्पकालिन र दिर्घकालिन रणनीति र कार्ययोजना सम्बन्धमा केन्द्र देखि वडा तह सम्म सुझाव संकलन गरिरहेको छ ।

प्रत्येक जिल्लाका पार्टीको गाउ कार्यसमिति, नगर तथा वडा कार्यसमिति, क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति, महाधिवेन प्रतिनिधि, महासमिति सदस्य, पुर्व सांसद, पुर्व जिल्ला सभापति, पुर्व केन्द्रिय सदस्य, प्रदेश सभा प्रतिनिधि सभा र राष्ट्रियसभाका सांसदहरु एवं पार्टीका उमेद्वार तथा जिल्ला स्तरीर भातृ एवं शुभेच्छुक संघ संस्थाबाट सुझाव संकलन गर्न काग्रेस सभापतिहरुलाई देशैभरी परिचालित गरिएको छ ।

प्राप्त सुझाको निष्कर्ष निकाली मकवानपुरको हेटौडामा असार ५, ६ र ७ गते हुन लागेको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाले मुर्त रुप दिने छ । पार्टी विधान संशोधन र परिमार्जनको लागि पार्टी सदस्यता सम्बन्धमा, पार्टीका गाउ, नगर, क्षेत्रीय, जिल्ला, प्रदेश र केन्द्रिय समितिका साथै कार्यसम्पादन समितिको संरचना र जिम्मेवारीको बाडफाड सम्बन्धमा, महाधिवेशन र महासमितिको गठन सम्बन्धि व्यवस्था सम्बन्धमापार्टीको गाउ नगर क्षेत्र जिल्ला प्रदेश र केन्द्रिय समितिका पदाधिकारीको काम कर्तव्य र जिम्मेवारीको सम्बन्धमा र भातृ एवं सुभेच्छुक संघ सस्थाको संगठन सुदृढिकरण सम्बन्धमा लिखित सुझाव पेश गर्न सबै जिल्ला सभापतिहरुलाई केन्द्रिय समितिले परिपत्रनै गरिसकेको छ ।

काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए अनुसार विधान संशोधन र परिमार्जनको विषय बाहेक पार्टीको संगठनलाई थप सुदृढ र गतिशिल बनाउनका लागि गनुृपर्ने तत्कालिन, अल्पकालिन र दिर्घकालिन रणनीति र कार्ययोजना सम्बन्धमा,स्थानिय तह, प्रदेशसभा र संघीय संसदमा पार्टीको भुमिको भुमिकाको सम्बन्धमा र प्रतिपक्ष दलको रुपमा पार्टीको प्रभावकारी भुमिकाको सम्बन्धमा पनि केन्द्र देखि वडा तह सम्म बाट सुझाव संकलन गरिने छ ।

समसामयीक राजनीतिक र सामाजिक मुद्धाहरुमाथि पार्टीले निर्माण गनुृपर्ने दृष्टिकोणका सम्बन्धमा र स्थानिय तहमा निर्वाचित र स्थानिय पार्टी संरचनाको वीचमा आवश्यक समन्वयन र प्रभावकारी भुमिकाका सम्बन्धमा पनि पार्टीको वडा कार्यसमिति तहसम्म बाट सुझाव संकलन गरेर रणनीति तय गरिने प्रवक्ता शर्माले बताउनु भएको छ ।

इतिहासमै सबैभन्दा कमजोर देखिएको काग्रेस अहिले प्रतिपक्षको भुमिकामा समेत कमजोर छ । जिल्ला सभापतिहरुको भेला पछि काग्रेस एकपटक फेरी केन्द्र देखि स्थानिय तहसम्मै चलायमान हुने र आगामी निर्वाचनमा सबैभन्दा ठुलो दलको हैसियत कायम हुने गरि काग्रेसलाई अघि बढाउने रणनीति तय हुने काभ्रे जिल्ला सभापति मधु आचार्य बताउनु हुन्छ ।