पहिलो पटक अंगुरको बिरुवा रोपण


रसुवा,  कुनै पनि पर्व र उत्सवमा सल्लो र उत्तिसका बिरुवा रोपण हुने उत्तरी रसुवामा पहिलोपटक आज अंगुरका बिरुवा रोपण गरिएको छ ।

विश्व वातावरण दिवसका अवसरमा जिल्ला वन र जिल्ला कृषि विकास कार्यालयको सहयोगमा जिल्ला प्रशासन कार्यालयको हाताभित्र अंगुर, अंजिर र कागतीका बिरुवा रोपण गरिएको हो । जिल्लाका अन्य कार्यालयमा समेत बिरुवा रोपण गरिएको छ ।

‘एक कर्मचारी, एक फलफूल बिरुवा रोपण’ अभियानलाई सार्थक पार्न अंगुरको ६७, अंजिर ३५ र कागतीको १०० वटा बिरुवा रोपण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभयो ।

समुद्री सतहदेखि तीन हजार ५०० मिटर उचाइ लाङ्टाङको आसपास क्षेत्रसम्म कागती फल्ने तथा अंगुर र अंजिर उत्तरी रसुवामा पहिलोपटक रोपण गरिएको हो । कृषि कार्यालयका बागवानी अधिकृत राधेश्याम बराईले अंगुरखेती परीक्षण सफल भएमा किसानलाई अंगुरखेतीतर्फ आकर्षित गराउने योजना रहेको बताउनुभयो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।