धनगढीमा आइएमईका कर्मचारीलाई गोली हान्ने दुई लुटेरा काठमाडौँबाट पक्राउ


नेपाल समाचारपत्र, काठमाडौँ ।

गत जेठ १३ गते बिहान कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा आइएमईका कर्मचारीमाथि गोली प्रहार गरेर रकम लुटेर फरार रहेका दुई जना अभियुक्त काठमाडौँमा पक्राउ परेका छन् । घटनामा फरार रहेकाहरु काठमाडौँ आएको गोप्य सूचनाको आधारमा उनीहरुलाई सोमबार राति काठमाडौँको गोङ्गबुबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का २८ वर्षीय राम प्रवेश राना र कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर ९ का २३ वर्षीय कालु राना ‘कल्लु’ रहेका छन् ।

आइएमईका कर्मचारी निर्मल कार्की सिद्धार्थ बैंकबाट पैसा झिकेर साइकल चढेर जाने क्रममा बाटोमा मोटरसाइकलमा चढेर आएका व्यक्तिहरुले गोली हानी घाइते बनाएर साढे ९ लाख रुपैयाँ लुटेर फरार भएका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।