राजा महेन्द्रको शालिक पुतलीबजार नगरपालिकाले भत्कायो


स्याङजा । स्याङजा जिल्लामा डोजर प्रयोग गरेर राजा महेन्द्रको शालिक भत्काइएको छ । शालिक भत्काएपछि स्थानीयले विरोध गरेका छन् ।

सिदार्थ राजमार्गअन्तर्गत पुतलीबजारमा रहेको राजा महेन्द्रको शालिकलाई नगरपालिकाले भत्काएको हो । पार्क र शालिकका कारण दुर्घटना बढ्दै गएको भन्दै पुतलीबजार नगरपालिकाको वडा नं। १ को कार्यालयले बुधबार मध्यराति डोजर प्रयोग गरी शालिक भत्काएको स्थानीयले बताएका छन् ।

२०२२ सालमा सिदार्थ राजमार्गको ट्रयाक खोलिए पनि २०२८ सालदेखि यो सडक खण्ड सुचारु भएको थियो । त्यही समय पारेर राजा महेन्द्रको शालिक निर्माण गरिएको थियो । स्याङजावासीले पहिचानको रुपमा उक्त शालिक राख्दै आएका थिए ।

२०३२ सालमा महेन्द्रका जेठा छोरा एवं पूर्वराजा वीरेन्द्र शाहले शालिकको उद्घाटन गरेको स्थानीयहरूले बताएका छन् ।

२०६२–६३ को जनआन्दोलनका क्रममा शालिकको टाउको फोडिएको थियो । टाउको बिनाको शरीर मात्रैको शालिकलाई पनि नगरपालिकाले भत्काइदिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।