अब देशमा जनताको राजः गृहमन्त्री


भक्तपुर ,(नेस)
गृहमन्त्री रामबहादुर थापाले जनयुद्धका शहीद तथा बेपत्ताका परिवारलाई उचित सम्मान र सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। बेपत्ता दिवसका अवसरमा भक्तपुरमा वाईसीएल नेपालले आयोजना गरेको शहीद तथा बेपत्ता परिवार सम्मान एवं अभिनन्दन कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले अहिलेको समाजवादोन्मुख संघीय सरकार निर्माण शहीद र बेपत्ता योद्धाहरूको बलिदानबाट नै आजको उपलब्धि हासिल भएको बताउनुभयो। उहाँले बेपत्ता नागरिक र शहीदले देखेको सपना अझै पूरा नभएकाले भन्दै उहाँहरूको सपना साकार पार्न वर्तमान सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

गृहमन्त्री थापाले मुलुकमा देखिएको गुण्डाराज, अपराध, तस्करी, महिला हिंसा, भ्रष्टाचार, एकाधिकार र सबै प्रकारका सिन्डिकेट जरैदेखि अन्त्य गर्दै जनताको राज स्थापित गर्न वर्तमान सरकार क्रियाशील रहेको बताउनुभयो। उहाँले भ्रष्टाचार र तस्करीको कारण मुलुकको विकास अवरुद्ध भएको बताउँदै यस्तो प्रवृत्तिको अन्त्य गर्दै यो सरकार विकास र समृद्धिको यात्रामा अगाडि बढिरहेको बताउनुभयो।

गृहमन्त्री थापाले अब देशभर गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना गर्ने बताउनुभयो। उहाँले देशभर देखिएको गुण्डाराज, अपराध, तस्करी, महिलाहिंसा, भ्रष्टाचार अन्त्य गर्न सरकार सक्रिय रहेको बताउनुभयो। अब गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुने उहाँको भनाइ थियो।