खाद्य सुरक्षाका लागि एक अर्ब सहयोग


काठमाडौं, (नेस)
कर्णाली क्षेत्रको भोकमरी नियन्त्रण र खाद्य सुरक्षाका लागि विश्व खाद्य कार्यक्रमले १ अर्बभन्दा बढीको आर्थिक सहयोग उपलब्ध गराएको छ।

मुगु, कालिकोट र जुम्लाका विभिन्न ७ गाउँपालिकामा खाद्य सुरक्षा कार्यक्रम सञ्चालन हुनेछ। वन तथा वातावरण मन्त्रालयले नेतृत्व लिने यो परियोजना आगामी ४ वर्षसम्म सञ्चालन हुने बताइएको छ। यससम्बन्धी समझदारीपत्रमा सोमबार मन्त्रालयका जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा. रामप्रसाद लम्साल र विश्व खाद्य कार्यक्रमकी नेपाल प्रतिनिधि पीपा ब्राडफोर्डबीच हस्ताक्षर भएको छ।