ह्वाइट हेभेन एकेडेमी टिम च्याम्पियन


नेपाल समाचारपत्र
काठमाडौं
सामाखुशीको ह्वाइट हेभेन एकेडेमी प्रथम एनके सिंह स्मृतिअन्तरविद्यालय सोतोकान कराते च्याम्पियनसिपको टिम च्याम्पियन बनेको छ।

ईपीएस स्कुलको स्वर्ण जयन्तीको अवसरमा आयोजना गरिएको उक्त प्रतियोगिताको विभिन्न १८ स्वर्णमध्ये ≈वाइट हेभेन एकेडेमीले ११ स्वर्ण, ८ रजत र ६ काश्यसहित टिम च्याम्पियनको ट्रफी उचालेको हो। आयोजक ईपीएस भने प्रतियोगिताको दोस्रो स्थानमा र≈यो। ईपीएसले ५ स्वर्ण, ३ रजत र ४ काश्य जित्न सफल भयो।

यस्तै १ स्वर्ण, ३ रजत र ७ काश्य जित्दै शहीद शुक्र माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल ग¥यो। ≈वाइट हेभेन एकेडेमीका विश्व तामाङ, आर्यन बम्जन, स्पन्दन बुढाथोकी, सुनील समाल, सफल घिमिरे, सुशन राई, शान्ति तामाङ, ग्रेशी थापा मगर, अनिशा रसाइली र सुमित्रा श्रेष्ठले स्वर्ण जितेका थिए। यसैगरी ईपीएसका लागि प्रनीशा रेग्मी, अंकुश बल, श्रीशा रावल, नित्य नेपाल र आभूषण राजथलाले स्वर्ण जित्न सफल भए।

विभिन्न उमेर समूहका ब्वाइज र गल्र्स स्पर्धा गरी कुल १८ स्वर्णका लागि ६ विद्यालयका खेलाडीले प्रतिस्पर्धा गरेका थिए। ईपीएस स्कुलको स्वर्ण जयन्तीको अवसर पारेर नेपाल सोतोकान कराते संघको तत्वाधानमा आइतबार भएको सो प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशबकुमार विष्टले उद्घाटन गर्नुभएको थियो।

यस्तै विजयी खेलाडीहरुलाई सभासद् तथा पूर्वउप–प्रधानमन्त्री प्रकाशमान सिंह, नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, नेपाल सोतोकान कराते संघका अध्यक्ष हेमकुमार श्रेष्ठ, आयोजक ईपीएस स्कूलका प्रिन्सिपल प्रमिला सिंहलगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।