फरार अभियूक्त लामा पक्राउ



काठमाडौं । मानव वेचविखन तथा ओसारपसार मुद्दामा फरार अभियुक्तलाइ प्रहरीले पक्राउ गरेको छ । नेपाली नागरिक प्रिति तामाङलाई बिभिन्न प्रलोभनमा पारी कुवेतमा काम लगाइदिने भन्ने विशेष सुचनाको आधारमा सिन्धुपाल्चोककी मीना लामालाई प्रहरीले त्रिभुबन अन्तराष्ट्रिय विमानस्थलवाट पक्राउ गरेको हो ।
उनी विरुद्ध रेडकर्नर नोटिस समेत जारी भएको थियो । लामालाई आवश्यक कारबाहीका लागि महानगरीय अपराध महाशाखामा पठाइएको प्रहरी प्रवक्ता मनोज नेउपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्