रुपन्देहीः दुई स्थानमा वम


यमलाल भुसाल, बुटवल । विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्द सफल गराउन रूपन्देहीको बुटवल भैरहवा सडक खण्डमा र बुटवलको फूलबारीस्थित पेन्सन क्याम्प नजिकै शंकास्पद बस्तु राखेको फेला परेको छ ।

तिलोत्तमा नयाँमिल चोक नजिकै प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको हो । नेपाली सेनाको वम डिसपोजल टोलीले उक्त वमको अहीले ११ वजेर ५५ मिनेटमा जादाँ डिस्पोज गरेको हो ।

बन्दका कारण आज प्रदेश नम्बर ५ मा फाट्टफुट्ट मात्रै सवारी चलेका छन । वन्दले जन जिवन प्रभावित भएको छ । प्रहरीले स्कटिगं गरि केही सवारी साधनलाई गन्तव्य तर्फ पुराउने गरेको छ । बन्दका कारण वजार,उद्योग कलकारखाना यातायात पुर्ण रुपमा अवरुद्ध रहेका छन । सडकमा बन्द कर्ता नदेखिए पनि बन्दको प्रभाव पुर्ण रुपमा परेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।