ब्रह्मले देखेको कुरा कवितामा ढाल्न सुझाव


काठमाडौँ  । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकलपति विष्णुविभु घिमिरेले चार दशकअघि र हाल कविता लेख्ने शैलीमा निकै परिवर्तन आएको बताउनभएको छ ।
स्रष्टा प्रतिष्ठान नेपालको पाँचौँ वार्षिकोत्सवका अवसरमा शुक्रबार यहाँ आयोजित कविगोष्ठीमा उहाँले साहित्यले समाज परिवर्तनमा प्रमुख भूमिका राख्ने भएकाले कविता लेख्दा उत्कृष्ट तथा पाठकलाई आकर्षित हुने खालको कविता लेख्न सुझाव दिनभयो ।
साहित्यकार वैरागी काइँला, प्राज्ञ ज्ञानु पाण्डे र प्रतिष्ठानका अध्यक्ष अम्बिका श्रेष्ठले कविले आफ्नो ब्रह्मले देखेको कुरा कवितामा ढाल्नुपर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा २० कविले कविता वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।