झोलामा लुकाएर ल्याएको ५२ ग्राम चरेससहित दुई जना पक्राउ


विनोद सिंह विष्ट, बैतडी । लागू औषध चरेश सहित प्रहरीले बैतडीमा एक भारतीय नागरिक सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पिथौरागद बल्तडी बस्ने २५ बर्षीय नवीन भण्डारी र दशरथचन्द नगरपालिका १० आदरपिण्णा बस्ने गणेशदत्त भट्ट रहेका छन् ।

भण्डारीलाई शंकाको आधारमा खानतलासी गर्दा रातामाटा भन्ने ठाँउवाट उनको झोलाबाट ५२ ग्राम लागु औषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

भण्डारीलाई सोधपुछ गर्दा स्थानीय व्यापारी गणेशदत्त भट्टको पसलबाट किनेको बताएपछि भट्टको पसलमा समेत ३ सय ५५ ग्राम चरेश फेला परेको उहाँले बताउनुभयो । दुवैजनालाई हिरासतमा लिएर अनुसन्धान कार्य चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।