सगरमाथा चौधरी अस्पतालको नयाँ भवनको शिलान्यास


लहान । सगरमाथा चौधरी अस्पतालको बहिरङ्ग विभाग नयाँ भवनको सांसद पद्मनारायण चौधरी र नेपाल नेत्र ज्योति महासंघका अध्यक्ष तीर्थप्रसाद मिश्रले शुक्रबार शिलान्यास गर्नुभएको छ ।

अस्पतालले ३० वर्षदेखि बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । सांसद चौधरीले बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको र पुरानो भवनमा बिरामी नअटाउने भएकाले आधुनिक किसिमको सेवासुविधा दिन भवन बनाउन लागिएकामा सन्तोष व्यक्त गर्नुभयो । महासङ्घका अध्यक्ष तीर्थप्रसाद मिश्रले सेवा विस्तार र गुणस्तर वृद्धि गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।