छोरी पाएको निहुँमा निर्मम यातना



कृष्णउदास खनाल, वीरगन्ज ।

छोरी पाएको निहुमा एक स्थानीय युवतीलाई श्रीमान, ससुरा र सासु मिलेर हत्याको प्रयास गरेको रहश्य खुलेको छ ।

स्थानीय रिजा सिंहको घर परिवारकौ सदस्य मिलेर हत्या प्रयास गरेका हुन्। विगत २ वर्ष अगाडि भारतको पटना ,थाना मोसासिर, गाउँ पौवठ निवासी, कृष्ण बिहारीका छोरी रिजा सिंहलाई नेपालको सर्लाहीको मलंगवा निवासी ललन सिंहका छोरा कुन्दन सिंह सँग विवाह भएकोमा करिब प्रन्ध महिला अघि रिजाको गर्भबाट छोरी जन्मिएपछि परिवारका सदस्यहरुले हत्याको प्रयास गरेको शुक्रबरा वीरगन्जको नारायणी अस्पतालमा उपचार रत रिजाले बताइन् ।

श्रीमानको घर परिवारले छोरी पाएको भन्दै सधैं यातना दिने, कुटपिट गरिने कार्य निरन्तर गरेको उनले बताइन् । विवाह को समय मा केटा पक्षले केटि पक्ष सँग ८ लाख भारतिय रुपैया दाईजो समेत लिएको रिजाका पिता कृष्ण बिहारीले बताए। वीरगन्जको नारायणी अस्पतालमा उपचाररत रिजाले आफ्नो हत्या प्रयास भएइको बताइन् । उनले यसो भनिरहदा उनकी नाबालिका छोरी पनि उनीसंगै रहेकी थिइन् ।

पीीडत पक्षले शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका छन् । कर्तब्य ज्यान मुद्दामा नै उजुरी परेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्