विद्यालयको बसको ठक्करबाट बालिकाको मृत्यु


विराटनगर, मोरङको रङ्गेली नगरपालिका–२ मा बिहीबार साँझ विद्यालयको बसको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

सोही नगरपालिका–३ बस्ने विनोद कार्कीकी तीन वर्षीया छोरी सुजिका कार्कीको मृत्यु भएको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।

ठक्कर दिने धनपालथानस्थित एक अंग्रेजी बोडिङ स्कूलको को १ ख २७८१ नम्बरको सो बससहित चालक इलाका प्रहरी कार्यालय रङ्गेलीको नियन्त्रणमा रहेका छन् ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।