क्यान्सरपीडित विभा सापकोटा भुजुलाई सहयोग


भक्तपुर । एसएलसी २०५३ को ब्याच शारदा स्कूल, भक्तपुरले क्यान्सर पीडित विभा सापकोटा भुजुलाई उपचारका लागि रु ७७ हजार ५०० सहयोग गरेको छ ।

सोहीे ब्याचका राजेश भुजुुकी पत्नी विभा केही वर्षदेखि क्यान्सर रोगले थलिएर उपचारमा समस्या आएपछि विभालाई सहयोगार्थ गठित ‘विभा बचाऊ’ अभियानले विभिन्न व्यक्तिबाट संकलन गरेको उक्त रकम मंगलबार हस्तान्तरण गरेको हो ।

क्यान्सर पीडित विभाको उपचारमा आर्थिक अभाव भएपछि समस्या आएको बताउँदै ब्याचका सचिव अमृत मिश्रले उपचारका लागि थप सहयोग गर्न अपिल समेत गर्नुभयो ।

भारतमा उपचार गराई नेपाल फर्किएपछि हाल नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर, हरिसिद्धि, ललितपुरमा उपचार भइरहेकी विभाको हालसम्म दुई पटक शल्यक्रिया र १३ पटक किमो गराई सकिएको श्रीमान् राजेशले जानकारी दिनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।