दुध बोक्ने जीपले ठक्कर दिँदा बालिकाको मृत्यु


सिर्जना पन्त, बागलुङ ।
काँठेखोला गाउँपालिका–६ विहुँमा बागलुङ बजारबाट दुध छोडेर धम्जा जाँदैं गरेको पीक अप जीपले ठक्कर दिंदा मंगलबार एक बालिकाको मृत्यु भएको छ ।

काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखराको डुडियामा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको पशु श्रोत विकास फार्मको दुध बागलुङ बजारमा छोडेर र्फकदैं गरेको ध १ च २०८ नम्बरको जीपले ठक्कर दिंदा काँठेखोला गाउँपालिका–७ रेशकी ४ वर्षीया दीक्षा थापाको मृत्यु भएको हो ।

जीपको ठक्कर बाट घाईते भएकी थापाको धौलागिरी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । आमा अस्मिता थापा संग मामाघर हिडेकी दीक्षालाई जीपले ठक्कर दिएकोक थियो । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार चालक २६ वर्षीय रेशम कंडेल र जीपलाई नियन्त्रणमा लिईएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।