दुई छोराको हत्या गरी बाबु फरार


काठमाडौं, (नेस)
बागमती नदीको सुकुम्वासी बस्तीमा बस्दैआएका १ सौतेला बाबुले २ छोराको हत्या गरेका छन्। २ झड्केला छोराको हत्या गरेका दिलीप यादवले कोठामा शव लुकाएर राखेको अवस्थामा फेला परेको महानगरीय प्रहरीवृत्त नयाँबानेश्वरले जानकारी दिएको छ।

यादवले छोराहरू सुजल र सुजनको हत्या गरेको प्रहरीले जानकारी दिएको छ। ‘झड्केला छोराकी आमा सम्झना सरदारले २ छोरा छोडेर हिँडेपछि दिलीपले दुवै छोराको हत्या गरेको देखिन्छ’ –प्रहरीवृत्त नयाँबानेश्वरका डीएसपी रविकुमार पौडेलले जानकारी दिनुभयो। सधंै छोराहरूलाई कुटपिट गर्दै आएका दिलीपले २ छोराको हत्या गर्नुअघि मीठो खानेकुरा दिएर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
छोराको हत्यापछि फरार रहेका दिलीपको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।