एकजना विद्यार्थी पनि भर्ना हुन नआएपछि विद्यालय बन्द


पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा विद्यार्थी भर्ना शून्य भएपछि एक विद्यालय बन्द गरिएको छ । सिद्ध प्राथमिक विद्यालयमा यस शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना हुन नआएपछि विद्यालय बन्द गरिएको हो ।

रम्भा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, शिक्षा शाखा प्रमुख गुणाराम खनाललगायतको टोलीले अनुगमन पछि सो विद्यालय बन्द गर्ने निर्णय गरेको हो । सो ठाउँका अभिभावक, शिक्षक, जनप्रतिनिधिलगायत सरोकारवालाको समन्वय र समझदारीमा सिद्ध प्राविलाई बन्द गराई यहाँ अध्ययनरत एक मात्र विद्यार्थी अमृत विकलाई छिमेकी विद्यालय भवानी प्राविमा सारिएको स्थानीयवासी एवत सारुले जानकारी दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।