कांग्रेस नेता कुनसाङ लामाको क्रसर उद्योगमा विप्लवको आक्रमण


काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका ६ मा रहेको ब्लु साइन स्टोन क्रसर उद्योगमा विप्लव समूहले आगजनी गरेको छ । उक्त क्रसर उद्योग कांग्रेस नेता कुनसाङ लामाको हो ।

आगजनीबाट चारवटा ट्रिपर, दुईवटा स्काभेटर र एउटा जेसीबी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । आगजनीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ ।

वीपी राजमार्गको चौकीडाँडा नजिकै ३ वटा प्रेसकुकर बम पनि भेटिएका छन् । बम निष्कृय पार्न सेनाको टोली त्यसतर्फ पुगेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।