एमाले प्रदेश ४ को संसदीय दलका उपनेता किरण गुरुङ


पाेखरा । नेकपा एमाले प्रदेश नम्बर ४ संसदीय दलको उपनेतामा किरण गुरुङ चयन भएका छन् । बुधवार विहान पोखरामा बसेको संसदीय दलको बैठकले गुरूङलार्इ उपनेतामा चयन गरेकाे हाे ।

पार्टीको प्रदेश संयोजक तथा स्थायी कमिटी सदस्य समेत रहेका गुरुङ प्रदेश सरकारका अर्थ तथा योजना मन्त्री पनि हुन् । यसअघि केन्द्र सरकारको वनमन्त्री भइसकेका गुरूङ  सातै प्रदेशका मन्त्रीहरुमध्ये हाई प्रोफाइल नेता हुन् ।

बैठकले एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारीलाई  प्रमुख सचेतकमा चयन गरेको छ । उनी लम्जुङबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।