‘सरकार आम नागरिकको हितमा हुनुपर्छ’


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको छ ।

उपराष्ट्रपति पुनले स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पु¥याउने संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्ने दायित्व सरकारको भएको पनि स्मरण गराउनु भयो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारी अस्पतालमा गुणस्तरीय सेवा उपलब्ध गराउने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो । उपराष्ट्रपति पुनले निजी अस्पतालमा आम नागरिकको पहुँच वृद्धि गर्ने वातावरण बनाउन ढिलाई गर्न नहुनेमा पनि जोड दिनुभयो ।

उपराष्ट्रपति पुनले काठमाडौं उपत्यकाको पुरातात्विक महत्वको सम्पदाहरुको पुनर्निर्माणको काममा तीव्रता दिन पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयो । उहाँले काठमाडौं उपत्यकालाई सफा र सुन्दर बनाउने दायित्व सबैको भएको पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।