कोरियाको ख्यङगिदोमा बुद्धको मूर्ति स्थापना


सोल । दक्षिण कोरियामा रहेका नेपालीहरुले ख्यङगिदो प्रान्तमा बुद्धको मूर्ति स्थापना गरेका छन् । नेपाली सम्पर्क समितिको संयोजन र नेपाल बौद्ध परिवारको सहकार्यता योङइन सिटीको पर्यटकीय गुम्बा वाउछङछामा बुद्धको मूर्ति स्थापना गरिएको हो ।

कोरियाका लागि नेपाली राजदूत अर्जुनजङ बहादुर सिंहले मूर्ति अनावरण गर्नुभयो । राजदूत सिंहले मूर्ति राख्ने भवनको शिलान्यास समेत गर्नुभयो ।

बुद्ध मूर्ति स्थापना समारोहमा नेपाली सम्पर्क समितिका पपदाधिकारी, प्रतिनिधि, तथ सदस्यको साथै विभिन्न संघ सस्थाका प्रतिनिधि र दक्षिणा कोरियामा रहेका नेपालीहरुको सहभागिता थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।