चित्रमान डंगोल मारिएको स्टाटस उनकै फेसबुकमा पोष्ट भएपछि…


काठमाडौँ । रसुवाको उत्तरगया गाउँपालिकामा रहेको मोर्डन ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक मारिएको भन्ने स्टाटस उनकै फेसबुकमा पोस्ट भएको छ ।

११ दिनदेखि वेपत्ता रहेका चित्रमान डंगोलको फेसबुकमा उनी मारिएको स्टाटसस पोष्ट भएपछि स्थानीयले रसुवा बन्द गराएका छन । बेपत्ता भएका डंगोलको फेसबुकमा कसले यस्तो स्टाटस राख्यो र उनको अवस्था के छ भन्ने केही थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

चैत १८ गते प्रहरीलाई उजुरी दिएको भए पनि प्रभावकारी रुपमा नखोजेको, मारिएको भनेर फोटो सहित फेसबुकमा स्टाटस आउँदा समेत प्रहरी प्रशासनले चासो नदिएको भन्दै डंगोलका आफन्त आक्रोशित बनेका छन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।