काठमाडौँमा मात्रै ९ महिनामा ८९ महिला बलात्कृत


काठमाडौँ । काठमाडौंमा गत ९ महिनामा मात्रै ८९ महिला बलात्कृत भएका छन । काठमाडौ परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले चालू आर्थिक वर्ष २०७४/को चैतसम्म ८९ वटा बलात्कारको घटना भएको जानकारी दिए ।

थापाले पछिल्लो समय महिला तथा बालिबालिकाविरुद्ध हुने अपराध उल्लेख्य रुपमा वृद्धि भएको जानकारी दिए । जबरजस्तीकरणी जस्तो संवेदनशील अपराधको अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरु समेत गम्भीर र संवेदनशील हुन नसकेको गुनासो रहेको उल्लेख गर्दै डिएसपी थापाले बलात्कारका घटना नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम साथै भएका अपराधको अनुसन्धानलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।