काठमाडौं । चैत २३ को अस्थायी शिक्षकको परीक्षा स्थगित भएको छ । खुला र आन्तरिक विज्ञापन एकैपटक गर्ने गरी चैत २३ को परीक्षा स्थगित गर्ने निर्णय भएको हो । शिक्षक सेवा आयोगले परीक्षा स्थगित भएको जनाएको छ ।
खुला, आन्तरिक तर्फको विज्ञापन एकै दिन गर्ने, परीक्षा उसै दिन सञ्चालन गर्ने र नतिजा पनि एकै दिन निकाल्ने गरी चैत २३ को परीक्षा स्थगित भएको हो । परीक्षा स्थगित गर्न भन्दै शिक्षक विद्यार्थी अनशन बस्दै आएका थिए । उता, विद्यार्थी संगठनहरुले सडक आन्दोलन र पुनरुत्थानवादी समुहका अस्थायी शिक्षकहरुले कानूनी लडाइ लड्दै आएका थिए ।











प्रतिक्रिया