नक्कली डाक्टर बनेर युवाती बलात्कार गर्ने पूर्व सैनिक पक्राउ


काठमाडौँ । काठमाडौँमा बलात्कारका घटना बढेको छ । चिकित्सकलाई चिनेको भन्दै आमाको उपचारमा सहयोग गर्ने बहानामा एक युवातीलाई बलत्कार गर्ने पाल्पाका अर्जुन कोइरालालाई पक्राउ गरेको हो ।

कोइराला सेना भित्रै बलात्कारको अभियोगमा बर्खास्तमा परेका थिए । कोइरालाले आफू डाक्टर भएको भन्दै विभिन्न प्रलोभन देखाएर ती युवतीलाई पटक पटक बलात्कार गरेका थिए ।

चैत ६ गते गंगालाल अस्पतालमा आमाको उपचारको लागि आएकी ती युवतीलाई आफू डा भएको र आमाको उपचारमा सघाउने भन्दै सम्बन्ध बनाएर बलात्कार गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

कोइरालाले आफ्नो नाम सन्तोष घले बताउँदै गंगालाल अस्पतालका डाक्टरसँग राम्रो चिनजान भएको भन्दै युवतीलाई बलात्कार गरेका थिए । उनले युवतीलाई गेष्ट हाउसमा लगेर घटना सार्वजनिक नगर्न दवाव दिँदै पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।