लागूऔषध गाँजा सहित पक्राउ

0
Shares

नेपाल समाचारपत्र, मकवानपुर ।
राक्सिराङ–२ बस्ने ४२ बर्षीय राजकुमार मोक्तानलाई प्रहरीले अवैध लागूऔषध गाँजा ८० किलो सहित पक्राउ गरेको छ ।
मोक्तान सहितका ४/५ जनाले मनहरी गाउँपालिका–९ जयसिंह स्थित पूर्व–पश्चिम राजमार्गमा गाँजा ल्याउँदै गरेको सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय मनहरीबाट विहीबार खटिएको प्रहरी टोलीले ४ वटा बोरामा रहेको उक्त गाँजा सहित उनलाई पक्राउ गरेको हो । अन्य फरार व्यक्तिहरुकोे खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।