प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकारमा डा. कुन्दन अर्याल नियुक्त


काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको दुई सल्लाहकार नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा कुन्दन अर्याल र जनसम्पर्क सल्लाहकारमा अच्युत मैनाली नियुक्त गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

अर्याल त्रिभुवन विश्वविद्यालका उपप्राध्यापक हुन भने मैनाली बारा १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेर पराजित भएका थिए । दुबै सल्लाहकारलार्इ राज्यमन्त्री सरहकाे सुबिधा पाउने गरी सल्लाहकारमा नियुक्त गरिएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।