बस खस्दा ३ को मृत्यु



नानीराम नेपाल, सिन्धुपाल्चोक

काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ आइरहेको यात्रुवाहक बस शुक्रबार दिउँसो काउलेदेभान–बाहुनेपाटी खण्डमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
शुक्रबार बिहान काठमाडौंबाट साँखु–भोटेचौर हुँदै पाँचपोखरी थाङपाल गाउँपालिकास्थित भोटनाम्लाङ आउँदै गरेको आमा ≈योल्मो यातायातको बा२ख ४३२५ नम्बरको यात्रुबस मेलम्ची नगरपालिका–१२ स्थित चारघरेमा दुर्घटना हुँदा बसमा सवार ३ जनाको घटनास्थलमै मृत्य भएको हो।

दुर्घटनामा परी मेलम्ची नगरपालिका–१० ज्यामिरेका खुमलाल अधिकारी, मेलम्ची–१० शिखरपुरका चन्द्रबहादुर देउजा र मेलम्ची नगरपालिका–१२ बाँसबारीकी तुलसी पराजुली (ठूलीकान्छी)को घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जानकारी दिएको छ। दुर्घटनामा परी अन्य १० जना गम्भीर घाइते भएका छन् भने अन्य ४ जना सामान्य घाइते भएका छन्। गम्भीर घाइतेको उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ भने सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

‘तीन जनाको अन द स्पट नै डेथ भइसकेको थियो, च्यापिएका अरू यात्रुहरूको उद्धार गरी उपचारका लागि काठमाडौं पठायौं’ –इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक परशुराम मल्लले भने। प्रहरी निरीक्षक मल्लका अनुसार उक्त बस सडकबाट झण्डै डेढ सय मिटर तल खसेको छ।

प्रतिक्रिया दिनुहोस्