रौतहट । चन्द्रपुर नगरपालिकाको बिभिन्न स्थानबाट संकलन गरेको फोहरमा जलाउँदा राष्ट्रिय वनमा आगलागी भएको छ ।
नगरपालिकाले नगरका बिभिन्न स्थानबाट संकलन गरेको फोहर चन्द्रनिगाहपुर भन्दा पश्चिमको जंगलमा फाल्ने गरेको छ । स्थानीयका अनुसार नगरपालिकाका कर्मचारीले बुधबार दिउँसो फोहर जलाउने क्रममा राष्ट्रिय वनमा आगलागी भएको हो ।
वनमा आगो सल्केपछि निभाउनका लागि गएको नगरपालिकाको दमकल समेत फसेको थियो । दमकल निकाल्नका लागि क्रेनको सहायता लिनु परेको थियो ।
आगलागीबाट वनको काठ जलेर नष्ट भएको बासिन्दाले बताएका छन् । वन कार्यालय र नगरपालिकाको लापरवाहीका कारण वनका आगलागी भएको बासिन्दाको भनाई छ ।