नेपाल समाचारपत्र, काठमाडौँ ।
यूएस बंगलाको विमान दुर्घटना क्रममा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो ।
चालक दलका सदस्यसहित ७१ यात्रु रहेको विमानमा ४६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । ७१ जना यात्रुमध्ये३३ जना नेपाली थिए। नेपाली यात्रुमध्ये धेरैजसो ट्राभल एजेन्सीका कर्मचारी रहेको बताइएको छ ।
घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।











प्रतिक्रिया