नर्भिकका दुई डाक्टर प्रवीण नेपाल र शैलज रञ्जितकार निलम्बित


काठमाडौँ । नर्भिकका दुई डाक्टर प्रवीण नेपाल र शैलज रञ्जितकार निलम्बित भएका छन । उनीहरुलाई नेपाल मेडिकल काउन्सिलको एक महिनाका लागि निलम्बित गरेको हो ।

काउन्सिलको यो निर्णयपछि दुबै डाक्टरले एक महिनासम्म चिकित्सकीय अभ्यास गर्न नपाउने भएका छन । नेपाल र रञ्जितकारले शल्यक्रियाको क्रममा हेल्चक्राइ गरेको ठहर काउन्सिलले गरेको छ ।

काउन्सिलको इथिकल कमिटीले गरेको छानबिनका क्रममा देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा दाहिने घुँडाको शल्यक्रिया गरेको पुष्टि भएको थियो ।

चितवनकी बिन्दु पौडेलको लिगामेन्ट च्यातिएको देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा दाहिने घुँडाको शल्यक्रिया गरेका चिकित्सकले काउन्सिलमा भने झुटो बयान दिएका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।