चट्याङ लागेर एक महिलाको मृत्यु, दुई घाइते


सोलुखुम्बु  । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका– ४ गुदेलमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । हावाहुरीसँगै शुक्रबार साँझ परेको चट्याङका कारण गुदेलकी–५६ वर्षीया रीजामली राईको मृत्यु भएको प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिए ।

 

सोही समयमा परेको चट्याङका कारण गुदेलकै २५ वर्षीया शान्ति राई र सोही घरमा डेरा गरी बस्ने प्रितुबहादुर कार्कीका छोरा १४ वर्षीय छितिज कार्की घाइते भएका छन् । गुदेल स्वास्थ्य चौकीमा उपचार गरेपश्चात् घाइतेहरु सामान्य बन्दै गएको प्रहरीले जनाएको छ । अहिले इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी निरीक्षकसहितको टोली घटनास्थलतर्फ गइरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।