बन्दको प्रचार गर्दै हिँडेका गुरुङ समातिए


काठमाडौं । बन्दको अनर्गल प्रचार गर्दै हिँडेको आरोपमा माओवादीका पूर्व जनमुक्ति लडाकू समूहका अध्यक्ष समेत रहेका रञ्जित गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार दिउँसो न्यूरोडबाट पक्राउ गरेको हो ।फागुन २५ र २६ गते नेपाल बन्द भनेर समाजमा आतंक फैलाएको गुनासो आएपछि गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउमा परेका गुरुङमाथी थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।