समाचारपत्रकर्मी उत्कृष्ट्र पत्रकार, बिकास पत्रकारिता पुरस्कार अन्सारीलाई

0
Shares

प्युठान । जिल्लाको समग्र विकासमा पत्रकारिताको क्षेत्रबाट उल्लेखनिय कार्य गरेको भन्दै प्युठानका पत्रकार सलिम अन्सारीलाई विकास पत्रकारिता पुरस्कारद्वारा शनिवार सम्मानित गरिएको छ ।

मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्र खलङ्गा प्युठानले आफ्नो ३९ औ स्थापना दिवसको अबसरमा अन्सारीलाई जिल्लाको विकासमा उत्कृष्ट समाचार लेखन तथा प्रसारण गरेको भन्दै सम्मान गरेको हो। राजधानीको नेपाल समाचारपत्र दैनिकमा कार्यरत पत्रकार अन्सारीलाई कार्यक्रमका विशेष अतिथी प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेले नगद ५ हजार रुपैयाँ नगद सहित कदर पत्र र दोसल्ला ओढाएर सम्मानित गरे ।

पत्रकार अन्सारी बिगत एकदशक देखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रीयाशिल रहदै आएका छन। उनी नेपाल पत्रकार महासंघ प्युठानका कार्यसमिती सदस्य समेत हुन। २०३६ सालमा स्थानिय समाजसेवीहरु मिलेर स्थापना गरेको यो सस्था जिल्लाको सबैभन्दा पुरानो गैह्रसरकारी संस्थाका रुपमा परिचित छ।