खाेजी सूचीमा रहेका सांसद सिलवाल संसद भवनमा

0
Shares

काठमाडौं  । प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पुगेका छन् । निर्वाचित सांसदहरुलाई एमाले माओवादीको संयुक्त रुपमा दिन लागेको प्रशिक्षणमा भाग लिन उनी त्यहाँ पुगेका हुन् ।

 

आइजिपी बढुवा सम्बन्धी मुद्दामा सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) सम्बन्धी कागजपत्र कीर्ते रहेको भन्दै अनुसन्धान गरी कारबाही गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो । त्यसपछि उनी फरार रहँदै आएका छन् भने प्रहरीले खोजी गरिरहेको बताएको छ । सिलवालले भने सरकारले प्रतिशोध स्वरुप आफूविरुद्ध मुद्दा चलाउन खोजेको आरोप लगाउँदै आएका छन् ।

भवनभित्र उनी एक्लै गएका थिए । संसद भवन छिर्नुअघि उनले हात हल्लाएका थिए ।