काठमाडौं, (नेस)।
बिहान उठ्दा सफा देखिएको राजधानीको आकाश दिउँसो एकाएक बिग्रने क्रम अझै केही दिन रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसममा आएको परिर्वतनले शुक्रबार काठमाडौं उपत्यकामा मेघगर्जनसहित वर्षा भएको पनि विभागले जनाएको छ।
स्थानीय वायुको प्रभावले मौसममा परिर्वतन भई उपत्यकाभित्र असिनासहितको वर्षा भएको जल तथा मौसम विभागले जनाएको छ।
विभागका अनुसार देशको पश्चिमी भेगमा विकसित भएर राजधानी प्रवेश गरेको उक्त वायु पूर्वतर्फ सर्दै गएको र अझै केही दिन राजधानीमा वर्षा हुन सक्ने विभागले जनाएको छ। मुलुकको पूर्वी पहाडी भेगका केही स्थानमा समेत वर्षाको सम्भावना रहेको छ।
अहिले पश्चिमका केही स्थान तथा मध्य र पूर्वी भेगमा बदली भएको छ।











प्रतिक्रिया